flag en-GB
flag tr
flag hi
flag ms
flag id
flag ne
flag bn
flag my
flag zh
4 2x

विश्वभरका धेरै कामदारहरू कार्यस्थलमा शोषणको चपेटामा पर्ने गरेका छन् । ती विभिन्न कारण र भिन्न-भिन्न ढङ्गले कमजोर छन् । यी सिद्धान्तहरू कुनै पनि कमजोर कामदारहरूका लागि लागू हुन्छन्, तर ती खासगरी आप्रवासी कामदारहरूको सवालमा लक्षित छन्, जसले प्रायः कार्यस्थलमा यस्ता विशेष जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ ।

सिद्धान्तहरू

  • #5
    हरेक कार्यस्थलमा गुनासो सम्बन्धी नीति र संयन्त्रहरू लागू गरिनुपर्दछ ।
  • #14
    कम्पनीको गुनासो व्यवस्थापन प्रणाली श्रमिकहरूसँगको परामर्शमा, सम्भव भएसम्म ट्रेड युनियन प्रतिनिधिहरूसँग वार्ता गरी विकास गर्नुपर्दछ ।
  • #20
    सरकारहरूले व्यवसायहरूलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी खालको कार्यरत गुनासो व्यवस्थापन प्रणाली लागू गर्न प्रोत्साहित गर्नुपर्दछ ।
  • #23
    सबै कामदारहरूलाई उनका अधिकारहरू र गुनासो दायर गर्ने र उपचारमा पहुँच राख्ने विकल्पहरूका बारेमा उनीहरूले बुझ्ने भाषामा र उनीहरूले पहुँच प्राप्त गर्न सक्ने माध्यममा सूचित गर्नुपर्दछ ।
    • This would be a quote Mediation between democratically elected workers’ representatives (ideally trade unions) and employers is the most effective way to resolve grievances. If that is not feasible, support from authorities, multi-stakeholder or other trusted organisations should be sought.

      सिद्धान्तहरू डाउनलोड गर्नुहोस्

      यी सिद्धान्तहरू मजदुरका अधिकारहरूको पुनरावृत्ति मात्र होइन । अधिकार पहिचान गर्नु मात्र पर्याप्त छैन - व्यवसायहरू र अन्य सरोकारवालाहरूले कामदारहरूलाई उनीहरूको कार्यसञ्चालन र आपूर्ति शृङ्खलाहरूमा अर्थपूर्ण रूपमा ती अधिकारहरूमा पहुँच प्राप्त गर्न सक्षम बनाउन सक्रिय रूपमा काम गर्नु आवश्यक छ भन्ने कुराको यो स्पष्ट स्वीकारोक्ति हो । हामीलाई आशा छ, यी सिद्धान्तहरूले त्यस कार्यमा मद्दत गर्नेछ र हामी सबै इच्छुक सरोकारवालाहरूलाई तिनको समर्थन गर्न प्रोत्साहित गर्दछौँ ।

      Pdf download 02 2x

      यी सिद्धान्तहरूलाई समर्थन गर्नुहोस्

      माइग्रेसन विश्वव्यापी श्रम बजारको एक महत्वपूर्ण र नियमित हिस्सा हो । तथापि, आप्रवासीहरू विशेष असुरक्षित छन् र प्रायः दुर्व्यवहारको सिकार हुने गर्छन् । आप्रवासी कामदारहरूका लागि उपचारका सिद्धान्तहरूमा पहुँचलाई समर्थन गरेर तपाईंको संगठनले आप्रवासी कामदारहरूका उपचारको अर्थपूर्ण पहुँचको अधिकार प्रतिको समर्थन दर्शाउँछ ।

      तपाईंको संगठनको समर्थन यी सिद्धान्तहरूको महत्त्व प्रतिको स्वीकारोक्ति र तपाईंको व्यवसायिक सञ्चालन वा संस्थाका कार्य मार्फत यी सिद्धान्तहरू अवलम्बन र समायोजन गर्ने प्रतिबद्धता हो ।