flag en-GB
flag tr
flag hi
flag ms
flag id
flag ne
flag bn
flag my
flag zh

धेरै आप्रवासी कामदारहरू उनीहरूको रोजगार प्राप्त गर्न अत्यधिक भर्ती शुल्कको कारण ऋणको बन्धनमा हुन्छन्; उनीहरूको पासपोर्ट वा पहिचानजन्य कागजात जफत भएको हुन सक्छ; उनीहरू दण्ड जरिवाना वा भुक्तानी नगरी आफ्नो कामबाट राजीनामा गर्न नसक्ने हुन सक्छ; र तिनीहरूमा अक्सर अझ सामान्य प्रकारको शोषणको लागि उच्च जोखिम बहन गरिरहेका हुन्छन् (जस्तै, लामो समयसम्म काम गर्नुपर्ने, खराब स्वास्थ्य र सुरक्षा वा न्यून तलब)।

गुनासो संयन्त्रहरू

कुनै पनि कार्यस्थलमा समस्याहरू उत्पन्न हुन सक्छन् । कुनै समस्या आएमा, श्रमिकहरूले कुनै पनि नकारात्मक परिणाम भोग्नुपर्ला भन्ने डर बिना आत्मविश्वासपूर्वक गुनासो पोख्न सक्ने क्षमता आवश्यक पर्दछ ।

यो हासिल गर्नका लागि, कम्पनीहरूले 'प्रतिकूल असर परेका व्यक्ति र समुदायहरूका लागि प्रभावकारी कार्यसञ्चालन-स्तरीय गुनासो संयन्त्रहरूको स्थापना वा सहभागिता जनाउनुपर्दछ' (संयुक्त राष्ट्र संघ व्यवसाय तथा मानव अधिकार सम्बन्धी मार्गनिर्देशक सिद्धान्त, सिद्धान्त 2))। कार्यसञ्चालन-स्तरीय गुनासो संयन्त्रहरू (OGM) धेरै प्रकारका हुन सक्दछन् - तर यदि ती आप्रवासी कामदारहरूका लागि प्रभावकारी हुनुपर्ने हो भने तिनलाई होसियारीपूर्वक डिजाइन र कार्यान्वयन गर्नु आवश्यक हुन्छ । आप्रवासी कामदारहरूले प्रायः काममा गुनासोहरू पोख्दैनन्, चाहे उनीहरूले स्थानीय भाषा नबोल्ने भएर, उनीहरूलाई आफ्नो अधिकारको बारेमा थाहा नपाएर होस्, वा आफ्नो जागिर गुमाउने वा स्वदेश फिर्ता पठाइने डरले गर्दा होस् ।

सिद्धान्तहरू

यी सिद्धान्तहरू व्यवसाय, ट्रेड युनियन, गैरसरकारी संस्था र अन्य विशेषज्ञ सरोकारवालाहरूको परामर्शमा तयार पारिएको हो । तिनले व्यवसायी र अन्य सरोकारवालाहरूले कसरी सहकार्यात्मक रूपमा आप्रवासी कामदारहरूको लागि उपचारमा अर्थपूर्ण पहुँच प्रदान गर्ने खालको OGM स्थापना गर्न सक्दछन् भन्ने निर्धारण गरेका छन् ।

यी सिद्धान्तहरू मजदुरका अधिकारहरूको पुनरावृत्ति मात्र होइनन् । अधिकार पहिचान गर्नु मात्र पर्याप्त छैन - व्यवसायहरू र अन्य सरोकारवालाहरूले कामदारहरूलाई उनीहरूको कार्यसञ्चालन र आपूर्ति शृङ्खलाहरूमा अर्थपूर्ण रूपमा ती अधिकारहरूमा पहुँच प्राप्त गर्न सक्षम बनाउन सक्रिय रूपमा काम गर्नु आवश्यक छ भन्ने कुराको यो स्पष्ट स्वीकारोक्ति हो ।

यी सिद्धान्तहरू विशेष गरी खुद्रा व्यवसायहरूमा लक्षित छन्, तर ती आपूर्तिकर्ता व्यवसायहरू, सरकारहरू, गैरसरकारी संस्थाहरू, ट्रेड युनियनहरू र बहु-साझेदार पहलहरूको लागि पनि सान्दर्भिक छन् ।

हामीलाई आशा छ, सिद्धान्तहरूले त्यस कार्यमा मद्दत गर्नेछ र हामी सबै इच्छुक सरोकारवालाहरूलाई तिनको समर्थन गर्न प्रोत्साहन गर्दछौँ ।

हाम्रो बारेमा

एथिकल ट्रेडिङ इनिसिएटिभ (ETI) कम्पनीहरू, ट्रेड युनियनहरू र गैरसरकारी संस्थाहरूको एक अग्रणी गठबन्धन हो जसले विश्वभरका श्रमिकहरूको अधिकारको सम्मानलाई बढावा दिन्छ । हामी त्यस्तो विश्वको परिकल्पना गर्दछौँ जहाँ सबै श्रमिकहरू शोषण र भेदभावबाट मुक्त हुन् र स्वतन्त्रता, सुरक्षा र समानतामा रहन पाऊन् ।

यी सिद्धान्तहरूलाई समर्थन गर्नुहोस्

माइग्रेसन विश्वव्यापी श्रम बजारको एक महत्वपूर्ण र नियमित हिस्सा हो । तथापि, आप्रवासीहरू विशेष असुरक्षित छन् र प्रायः दुर्व्यवहारको सिकार हुने गर्छन् । आप्रवासी कामदारहरूका लागि उपचारका सिद्धान्तहरूमा पहुँचलाई समर्थन गरेर तपाईंको संगठनले आप्रवासी कामदारहरूका उपचारको अर्थपूर्ण पहुँचको अधिकार प्रतिको समर्थन दर्शाउँछ ।

तपाईंको संगठनको समर्थन यी सिद्धान्तहरूको महत्त्व प्रतिको स्वीकारोक्ति र तपाईंको व्यवसायिक सञ्चालन वा संस्थाका कार्य मार्फत यी सिद्धान्तहरू अवलम्बन र समायोजन गर्ने प्रतिबद्धता हो ।